ग्लोबल आइएमईको संस्थापक शेयर बिक्रीमा

Jan 22, 2020 09:01 AM Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले संस्थापक समूहको केही शेयर बिक्री गर्ने भएको छ। बैंकका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएका कारण सो शेयरहरु बिक्री गर्न लागिएको हो।

सो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन। इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक समूहको शेयर खरिद÷बिक्री गर्दा संस्थापक शेयरधनीहरुलाई प्रथम प्राथमिकता दिनुपर्ने भएका कारण सो शेयर हाल संस्थापक शेयरधनीहरुमा बिक्री गर्न लागिएको हो। सो शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।