सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

Jan 22, 2020 11:51 AM Merolagani

मंगलबार बढेको सुन र चाँदीको मूल्य माघ ८ गते बुधबार भने घटेको छ । बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।