एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

Jan 22, 2020 01:36 PM merolagani

विश्वका विभिन्न देशहरूबाट नेपाल भ्रमणमा आउने पर्यटकले एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीको सेवाबाट फाइदा लिन सक्ने भएका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना माघ ८ बाट संचालनमा आउने एनसेलले जनाएकाे छ ।

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशीले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरू लिन सक्नेछन् ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित  १०० रूपैयाँमा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले ३० रूपैयाँमा  मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पनि पाउनेछन् ।
यस सिममा पे यज यु यो रेट लागु हुनेछैन भने पर्यटकले आफ्नो नेपाल बसाई र आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् ।

यो प्याक आवश्यकता अनुसार २९० रूपैयाँदेखि ९८० रूपैयाँसम्मको लिन सकिनेछ । ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारू गर्न सकिनेछ । थप जानकारीका लागि एनसेलको सेवा केन्द«मा सम्पर्क गर्न सकिने एनसेलले बताएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पर्यटकको सञ्चार सेवाको आवश्यकतालाई सहज रूपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।

टुरिष्ट सिम एनसेलका एनसेल सेन्टर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरूबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।