ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार, ईपीएस कति?

Jan 23, 2020 08:14 AM Merolagani

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकहरुमा उल्लेख्य सुधार भएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ८७ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३०१ प्रतिशत अर्थात ५ करोड ९१ लाख ५ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ९६ लाख ७ हजार खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा उल्लेख्य बढेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड १९ लाख ११ हजार रुपैयाँ बढेर १४ करोड ३७ लाख ५८ हजार पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ९ करोड ४५ लाख ९० हजार रुपैयाँ बढेर १२ करोड ३६ लाख ९१ हजार पुगेको छ।

लघुवित्तको चुक्ता पूँजी पुस मसान्तसम्ममा २५ करोड ९५ लाख ७५ हजार रहेको छ। लघुवित्तको जगेडा कोष गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १३ करोड १० लाख १९ हजार बढेर १६ करोड ६० लाख ६५ हजार पुगेको छ।

लघुवित्तले १ अर्ब २० करोड ८७ लाख निक्षेप र ३ अर्ब ५ करोड ९९ लाख सापटीबाट कूल ४ अर्ब ५ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ।

लघुवित्तको निष्क्रिय कर्जा गत आवको पुस मसान्तको तुलनामा ०.४६ प्रतिशतविन्दु बढेर ०.९९ प्रतिशत पुगेको छ। लघुवित्तले पुस मसान्तसम्ममा १ करोड ६९ लाख ५१ हजार रुपैयाँ खराब कर्जाको व्यवस्थाबापत छुट्याएको छ।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा सञ्चालित यस लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ६५ पैसा रहेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।