लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो। लघुवित्तले पुस मसान्तसम्ममा ७ करोड ८१ लाख ५८ हजार खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.९७ प्रतिशत बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १६०.७८ प्रतिशत बढेर ५ करोड ३१ लाख २९ हजार पुगेको छ।
पुस मसान्तसम्ममा २२ करोड ८१ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ७८ लाख ७३ हजार सञ्चित छ। लघुवित्तले सो अवधिसम्ममा ६१ करोड ६ लाख ६३ हजार निक्षेप र १ अर्ब १५ करोड ९४ लाख रुपैयाँ सापटीबाट १ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ०.९० प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १.३६ प्रतिशत पुगेको छ। लघुवित्तले पुस मसान्तसम्ममा २९ लाख ४३ हजार रुपैयाँ खराब कर्जाबापतको व्यवस्थाका लागि छुट्याएको छ।
सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ७५ पैसा कायम भएको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात १९.१५ गुणा रहेको छ।