नेरुडेले आजदेखि नगद लाभांश बैंक खातामा पठाउने

Jan 23, 2020 10:50 AM Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) ले आजदेखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको नगद लाभांश जम्मा गर्नेछ।

लघुवित्तले आज अर्थात माघ ९ गते बिहीबारदेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने व्यवस्था मिलाएको हो। लघुवित्तले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सनराइज क्यापिटलबाट आईपीएसमार्फत नगद लाभांश भुक्तानी गर्नेछ।

गत पुस २८ गते सम्पन्न लघुवित्तको १३ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको बैंक खातामा सो नगद लाभांश जम्मा गरिनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।