हालसम्म कुनैपनि लघुवित्त कम्पनीहरुले यस रकम बराबरको आईपीओ निष्कासन गरेको छैन। बोर्डबाट अनुमति पाएपश्चात उक्त आईपीओ बिक्रीमा आउनेछ।
लघुवित्तले निष्काशन गर्न लागेको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछ।
साधारण शेयर निष्कासनका लागि लघुवित्तले रेटिङ्ग गराइसकेको छ। केयर रेटिङ्गस नेपालले लघुवित्तले निष्कासन गर्न लागेको आईपीओलाई औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ।
बलियो संस्थागत संस्थापक, दक्ष सञ्चालक समिति तथा व्यवस्थापन समूह र स्थापनाको छोटो अवधिमा व्यवसाय विस्तारले लघुवित्तको रेटिङ्गमा सकारात्मक प्रभाव पारेको केयरले उल्लेख गरेको छ। लघुवित्तले ५ प्रदेशका १८ जिल्लामा ६१ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।
जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालमा आएको यस लघुवित्तले गत मंसिर २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।