युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

Jan 23, 2020 05:53 PM merolagani

युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) को संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम माघ ९ गते अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिइ पदभार ग्रहण गरेका हुन्।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् ।

देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् । उनी कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत रहेका छन्।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको जनाएका छन्।


कुशल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण शेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास छ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।