राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको वैदेशिक बचतपत्र बिक्री गर्ने, वार्षिक १० प्रतिशत ब्याज

Jan 23, 2020 06:06 PM merolagani

नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरु तथा गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी पाँच वर्ष अवधिको ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८१ निष्काशन गर्ने भएको छ।

राष्ट्र बैंकले माघ १० गते देखि उक्त बचतपत्र निष्काशन गर्न लागेको हो। बचतपत्र खरिदका लागि माघ १० गतेदेखि २१ ग्तेसम्म आवेदन खुला गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको निष्काशन भने माघ २७ गते, फागुन २८ गते र चैत २७ गते हुने राष्ट्र बैकले जनाएको छ।

बचतपत्रको साँवा भुक्तानी २०८१ माघ २७ मा हुनेछ ।

वैदेशिक रोजगार बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले प्रत्येक ६।६ महिनामा वार्षिक १० प्रतिशतका दरले व्याज भुक्तान गर्ने बताएको छ। बचतपत्रको अवधि ५ वर्षको रहेको छ।

उक्त बचतपत्र खरीदकर्ताले आफैँले वा इच्छाइएको व्यक्ति मार्फत ब्याज भुक्तानी लिन सक्नेछन। आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ।

आफूलाई पायक पर्ने तोकिएका वाणिज्य बैंकहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो व्याज भुक्तानी लिन सकिनेछ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

 

घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिनेछ । बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिन्छ ।

आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ वा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन गर्न सकिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।