मध्य भोटेकोसीले आइपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

Jan 23, 2020 08:09 PM merolagani

मध्य भोटेकोसी जलविद्युत आयोजनाले प्राथामिक शेयर (आइपीओ) निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ। कम्पनील स्थानीय र सर्वसाधारणका लागि एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनको लागि बोर्डसँग अनुमति मागेको हो।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले सिन्धुपाल्चोकका स्थानीयबासीलाई १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीले उक्त शेयर प्रत्याभूतिका लागि नागरीक लगानी कोषसँग सम्झौता गरिसकेको छ ।
यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयर कम्पनीले २०७५ पुस ४ गते बाँडफाँट गरेको थियो। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसका लागि आवश्यक पूँजी व्यवस्थाका निमित्त कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार संस्थापक शेयरधनी संस्थालाई कूल जारी पूँजीबाट छुट्याइएको ५१ प्रतिशत शेयर आर्थिक वर्ष २०७४÷७५ सम्ममा शतप्रतिशत असुल गरिसकेको छ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।