माछापुच्छ्रे क्यापिटललाई मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति

Jan 24, 2020 08:17 AM Merolagani

माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटलले मर्चेन्ट बैंकरको कार्य गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड क्यापिटललाई मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न अनुमति दिएको हो।

बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति दिएको क्यापिटलले जनाएको छ। चुक्तापूँजी २० करोड रहेको यस क्यापिटलले सो सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराए।
क्यापिटलले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचुअल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु समेत प्रदान गर्ने उनले बताए।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।