खर्च बढेपछि सिद्धार्थ बैंकको नाफा प्रभावित, ईपीएस घट्यो

Jan 24, 2020 08:48 AM Merolagani

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २ करोड खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड २८ लाख कम हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६ करोड नाफा आर्जन गरेको थियो। बैंकको सञ्चालन तथा गैर सञ्चालन खर्चहरु बढेपछि नाफामा संकुचन देखिएको हो।

९ अर्ब ७८ करोड ७७ लाख चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १० करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

पुस मसान्तसम्ममा १ खर्ब २६ अर्ब ५४ करोड निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको यस बैंकले सो अवधिसम्ममा २ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा ४८ करोड ५० लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १३ लाख ४३ हजार रुपैयाँ घटेर १ अर्ब ५२ करोड ५ लाखमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ३२ करोड १८ लाख रुपैयाँ बढेर १ अर्ब ३ करोड ६८ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च १२ करोड ४६ लाखबढेर ४४ करोड ३२ लाख पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा घटेको हो।

पुस मसान्तसम्ममा ५७ करोड ४९ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको यस बैंकको प्रतिशेयर आम्दानी २१.५७ रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी २४.७० रुपैयाँ रहेको थियो। सो अवधिसम्ममा बैंकको प्रति शेयर नेटवर्थ १५०.७२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ।

सो अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.५५ प्रतिशत रहेको छ भने रिटर्न अन इक्वीटी १३.८२ प्रतिशत रहेको छ। बैंकको आधार ब्याजदर १०.०४ प्रतिशत र स्प्रेडदर ५.१७ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।