एनएमबि लघुवित्तको नाफामा आकर्षक वृद्धि हुँदा प्रतिशेयर आम्दानी ३३ रुपैयाँले बढ्यो

Jan 24, 2020 11:27 AM Merolagani

एनएमबि लघुवित्त (NMBMF) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। लघुवित्तले गत वर्षको सोही अवधिको तुलनामा नाफा ३७५.३१ प्रतिशतले बढाएको हो। 

गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो। यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

गत वर्षको यसै अवधिमा लघुवित्तले ८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

गत वर्षको यसै अवधिमा लघुवित्तले ८६ करोड ४४ लाख रुपैयाँ निक्षप संकलन गरी १ अर्ब ८० करोड सापटीमार्फत २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९ कराड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँ लगानी रहेको लघुवित्तले यस अवधिमा खराब कर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झारेको छ।

चुक्ता पूँजी बढाउदा समेत नाफामा भएको आकर्षक वृद्धिले लघुवित्तको प्रतिशेयर आम्दानी बढेर ४६ रुपैयाँ ६० पैसा पुगेको छ। गत वर्षको यसै अवधिमा १२ रुपैयाँ ७४ पैसा रहेको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ३३ रुपैयाँ ८६ पैसाले बढेको छ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५२१ पैसा र मूल्य आम्दानी अनुपात १७.१७ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।