लघुवित्तले माघ ५ गतेदेखि १ लाख ८ हजार ७३३.१३ कित्ता सर्वसाधारण समूहको शेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री खुला गरेको थियो। सो शेयर खरिदका लागि आज (माघ १२ गते) सम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।
लघुवित्तले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म १ बराबर १.५ अनुपातमा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बढाबढ गरी बिक्री गरेको हो।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सेभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्नेछैन।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सनराइज क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था र सनराइज बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।