ज्योति लाइफको खुद बीमाशुल्क १३४ प्रतिशत बढ्यो, नाफा कति?

Jan 26, 2020 10:33 AM Merolagani

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३४.६९ प्रतिशत बढी हो।

इन्स्योरेन्सको खुद बीमाशुल्क उल्लेख्य बढेपनि खुद नाफा भने सामान्य मात्र बढेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ लाख ३७ हजार बढी हो।

१ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १ अर्ब २० करोड र महा विपत्ती जगेडामा ३ करोड ७२ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब ४६ करोड ३० लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ भने २६ करोड ५२ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा परिचालन गरेको छ। इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट ५ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ करोड ७१ लाख रुपैयाँ बढी हो।

सो अवधिसम्ममा इन्स्योरेन्सले बीमा लेखको धितोबापत ७ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट इन्स्योरेन्सले १७ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या ३६ हजार ६६३ रहेको छ। कम्पनीले सो अवधिसम्ममा १९ दाबीबापत ४६ लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।