जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंककाे एक्स्टेन्सन काउण्टर

Jan 27, 2020 02:43 PM Merolagani

प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा म्याग्दी जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

उक्त एक्स्टेन्सन काउण्टरको माघ १२ गते म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गरेका हुन ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट स्थानीयबासी र सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने बैंकको विश्वास छ ।

बैंकले देशभरका २०५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत  बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।