नेप्से २४ अंक बढेर फेरि एक हजार ३०० विन्दुमा

Jan 27, 2020 04:05 PM Merolagani

पछिल्ला ३ कारोबार दिन निरन्तर ओरालो लागेको नेप्से साताको दोस्रो कारोबार दिन भने बढेको छ। सोमबार नेप्से परिसूचक २३.९५ अंक बढेर एक हजार ३००.६२ विन्दुमा पुगेर बन्द भएको छ।

नेप्से करेक्सनपछि पुनः बढ्न थालेको विश्लेषण बजारमा भइरहेको छ। पछिल्ला दिनहरुमा अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गरेका कारण बजार घटेको एक लगानीकर्ताले बताए। अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गरिसकेका कारण अब पुनः बजार बढ्ने उनको भनाइ छ।

यसका साथै सूचीकृत कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले पनि बजारलाई प्रभाव पारेको एक ब्रोकरले बताए। सूचीकृत कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्ममा उल्लेख्य नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्। यसले पनि बजारलाई टेवा दिएको उनको भनाइ छ।

नेप्से बढेपनि कारोबार रकम भने दैनिक घट्दो क्रममा छ। गत साता दैनिक १ अर्बभन्दा बढी कारोबार भइरहेको बजारमा यस साता १ अर्ब बराबरको कारोबार हुन सकेको छैन। यस दिन १८० कम्पनीको ९१ करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको २४ लाख ९ हजार कित्ता ११ हजार २०९ पटकमा कारोबार भएको छ। नेप्सेको २० दिने औषत कारोबार रकम भने १ अर्ब माथि नै रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन ८ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्स गत आर्थिक वर्षको मुनाफा उच्च लाभांश घोषणा गर्ने अपेक्षामा लगानीकर्ताहरु आकर्षित भएका हुन्।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको यस दिन ५ करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। वाणिज्य बैंकमध्ये सबैभन्दा बढी चुक्ता पूँजी रहेको यस बैंकले चालु आवको मुनाफाबाट राम्रै प्रतिफल दिने अपेक्षाका कारण कारोबार बढेको हो। यसका साथै साढे ६ महिनापछि कारोबार भएका कारण पनि लगानीकर्ताहरु आकर्षित भएका हुन्।

यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ। होटल र व्यापार उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्तको ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमाको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

सोमबार समिट लघुवित्त, नेरुडे लघुवित्त, फस्ट माइक्रोफाइनान्स र आशा लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, गुराँस लघुवित्त, ग्रामीण विकास लघुवित्त, ज्योति विकास बैंक, स्वाभिमान लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

गुमाउने कम्पनीहरुको शीर्ष स्थानमा यस दिन जोशी हाइड्रोपावर रहेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३ प्रतिशत घटेको छ। त्यसैगरी, नाफा सामान्य बढेको वित्तीय विवरण निकालेको युनाइटेड फाइनान्सको शेयरमूल्य यस दिन २.७६ प्रतिशत घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।