हकप्रद निष्काशन गर्न एनएलजी इन्स्योरेन्सले तोक्यो बुकक्लोज

Jan 28, 2020 03:06 PM merolagani

एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुकक्लोज मिति तय गरेको छ। कम्पनी माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

यसअनुसार माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको गत जेठ १४ गते सम्पन्न विषेश साधारण सभाले बीमा समितिले निर्धारण गरेको न्यूनतम चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो भने धितोपत्र बोर्डबाट समेत हकप्रद निष्काशनको अनुमति पाइसकेको छ।

यस अघि नै इन्स्योरेन्सले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिइसकेको छ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।