नेप्से साढे ५ अंक बढ्दा कारोबार रकम फेरि १ अर्ब नाघ्यो

Jan 28, 2020 03:49 PM Merolagani

सोमबार एक हजार ३०० विन्दुमा बन्द भएको नेप्से मंगलबार ५.५२ अंक बढेर एक हजार ३०६.१५ विन्दुमा पुगेको छ। नेप्सेमा सुधार हुँदा कारोबार रकम फेरि एक अर्ब नाघेको छ।

पछिल्ला केही कारोबार दिनहरुमा कारोबार रकम एक अर्ब नाघ्न सकेको थिएन। बजारमा करेक्सन हुँदा कारोबार रकम पनि घट्दो क्रममा रहेको थियो। तर, सोमबारदेखि बजारले पुन सकारात्मक गति लिन थालेपछि कारोबार रकम १ अर्ब नाघेको हो।

मंगलबार बजारमा १७८ कम्पनीको १४ हजार ५५५ पटकको कारोबारमा १ अर्ब ४० करोड ४ लाख रुपैयाँ बराबरको ३७ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से परिसूचक बढेपनि सेन्सेटिभ इण्डेक्स भने घटेको छ। ‘सेन्सेटिभ’ समूहका कम्पनीहरुको कारोबार मापन गर्ने सो इण्डेक्स यस दिन ०.४८ अंक घटेर २७८.६७ विन्दुमा झरेको छ। फ्लोट इण्डेक्स यस दिन ०.३७ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।

कारोबारमा आएका १२ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से बढ्न टेवा पुगेको हो। यस दिन निर्जीवन बीमा, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। व्यापार उपसमूहको परिसूचक यस दिन करिब ३ प्रतिशत घटेको छ।

यस दिन ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै शेयर खरिदबिक्री भएको छ। सो वाणिज्य बैंकको यस दिन ९०३ पटकको कारोबारमा ९ करोड ९५ लाख ८५ हजार रुपैयाँ बराबरको ३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको यस दिन करिब ७ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यस दिन नेको इन्स्योरेन्स, नेपाल बैंक, नागरिक लगानी कोष, गुराँस लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको कारोबार रकम ४ करोड नाघेको छ।

शिखर इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ८ प्रतिशत बढेको छ। त्यसैगरी, नाडेप लघुवित्तको ६.६२, नागरिक लगानी कोषको ६.०२, एभरेष्ट इन्स्योरेन्सको ५.८१ र स्वाभिमान लघुवित्तको ४.९५ प्रतिशत बढेको छ।

मंगलबार गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, इन्फिनिटी लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सान्जेन जलविद्युत र सिन्धु विकास बैंकको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।