हिमालयन डिष्टिलरीको शेयर कारोबारमा कैफियत, बोर्डले शुरु गर्यो छानबिन

Jan 28, 2020 04:22 PM Merolagani

हिमालयन डिष्टिलरीको शेयर कारोबारमा कैफियतको आशङ्का गर्दै नेपाल धितोपत्र बोर्डले छानबिन अघि बढाएको छ। कम्पनीको माघ यता भएको कारोबारमा शङ्का गर्दै बोर्डले छानबिन अघि बढाएको हो।

बोर्डले छानबिनका लागि भन्दै दुई ब्रोकर कम्पनीलाई कारोबार विवरण पठाउन पत्र लेखेको छ। कम्पनीको माघ १ गते देखि ८ गतेसम्म भएको शेयर कारोबारको सम्पूर्ण विवरण पठाउन पत्र लेखेको हो। इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल (ब्रोकर नम्बर ५३ ) र डाइनामिक मनि म्यनेजर्स (४४) लाई विवरण पठाउन पत्र लेखेको हो। उसले गरेको कारोबारको विवरण प्राप्त भएपछि बोर्डले थप छानबिन अघि बढाउने भएको छ। उसको कारोबारमा कैफियत भेटिए थप कारबाही प्रकृया अघि बढाउने योजना बोर्डको छ।

गएको एक सातामै दुई ब्रोकर कम्पनीबाट करिब ३० करोड रुपैयाँ बरोबार भएको थियो। कम्पनीका संस्थापकले नै उक्त शेयर बिक्री गरेका थिए। कम्पनीले घोषणा गरेको लाभांश उक्त शेयर बिक्री भए पश्चात् शेयरधनीको खातामा आएपछि कम्पनीको आर्थिक अवस्था रुग्ण हुँदै गएको आशङ्का छ। यस्तो अवस्थामा बोर्डले सर्वसाधारण शेयरधनीको हितमा छानबिन अघि बढाएको जनाएको छ।भविष्यमा कम्पनीका शेयरधनी लगायत दोस्रो बजारमा कारोबार गर्ने कारोबारी अप्ठ्यारो पर्न सक्ने भन्दै छानबिन अघि बढाइएको बुझिएको छ।

बोर्डले यति बेला दोस्रो बजारको सुपरिवेक्षणलाइ थप चुस्त बनाएको छ। लगातार बजार बढेपछि दैनिक कारोबारलाई समेत निगरानी गरिरहेको जनाएको छ। त्यस्तो शङ्कास्पद कारोबार देखिने बित्तिकै ब्रोकर कम्पनीलाई सोधपुछ गर्न थालिएको छ। बढ्दो बजारमा थप चलखेल हुन सक्ने भन्दै बोर्डले दैनिक कारोबारलाई समेत निगरानी गर्न थालेको हो। निगरानीको लागि यति बेला बोर्डले थप जनशक्ति परिचालन गरेको छ। त्यही निगरानीमा यो कम्पनीको कारोबार समेत परेपछि बोडले थप छानबिन अघि बढाएको हो।

बोर्डले पछिल्लो समय सूचीकृत कम्पनीहरूलाई समेत अर्धवार्षिक विवरण पठाउन पत्र काटेको छ। उनीहरूले यस अघि पटक पटक पत्र काट्दा समेत अटेर गरेपछि बोर्डले कारवाही गर्ने चेतावनी सहित पत्र लेखेको जनाएको छ।     

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।