सिभिल बैंकले खोल्यो पोखरामा प्रदेश कार्यालय

Jan 28, 2020 06:09 PM Merolagani

सिभिल बैंकले गण्डकी प्रदेश कार्यालय पोखरा महानगरपालिका शिवचोक–१० मा स्थापना गरेको छ ।

उक्त शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरका हुन् । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिए । उनले पोखरामा प्रदेश कार्यालय खोलेकामा खुशी पनि व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै लाने क्रममा पोखरामा प्रदेश कार्यालय खोलेको जानकारी दिए ।

सिभिल बैंकले हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकको ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव  ५० अर्ब कर्जा लगानी गरेको छ । बैंकको देशभर १०३ शाखा पुगेको छ भने गण्डकी प्रदेशमा १२ वटा शाखा पुगेकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।