चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले २ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.५६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफामा सुधार भएको हो। पुस मसान्तसम्ममा ७६ करोड ४९ लाख रुपैयाँ निक्षेप र १ अर्ब ३७ करोड १० लाख सापटीबाट १ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको यस लघुवित्तले ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ५९ लाख बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १ करोड ७० लाख रुपैयाँ बढेर ३ करोड ९२ लाख पुगेको छ।
त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गत असार १९ गते गाभ्ने/गाभिने सम्झौता गरेको यस लघुवित्तको चुक्ता पूँजी १५ करोड ५९ लाख रुपैयाँ रहेको छ। लघुवित्तको जगेडा कोषमा ९ करोड ३६ लाख रुपैयाँ सञ्चित छ।
मर्जर प्रक्रियाका कारण दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको यस लघुवित्तको पुस मसान्तसम्ममा प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ८४ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ८ पैसा रहेको छ।