बिओकेमा रहेको गोल्यानको संस्थापक शेयर लिलामीमा

Jan 29, 2020 10:06 AM Merolagani

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले संस्थापक शेयरधनी शक्ति कुमार गोल्यानकाे नाममा रहेको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। आफ्नो नाममा रहेको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयर बिक्री गर्न गोल्यानले आवेदन दिएपछि बैंकले सो शेयर बिक्री गर्न लागेको हो। 

यस अघि बैंकले सो शेयर विद्यमान संस्थापकहरुलाई खरिद गर्न आव्हान गरेको थियो। तर, तोकिएको अवधिमा विद्यमान संस्थापकहरुले खरिदका लागि आवेदन नदिएपछि सो शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि माघ १५ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १६० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी माघ २२ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनपर्नेछ भने सोभन्दा बढीको लागि १० अंकको गुणाङ्कमा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्यक्ति/संस्था सीमाको अधिमा रहने गरी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।