सप्तकोशीको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्तो?

Jan 29, 2020 10:35 AM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले खुद नाफामा उल्लेख्य सुधार गरेको छ। बुधबार प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकले ३ करोड ४ लाख खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५३ लाख अर्थात १०१.७१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार भएसँगै बैंकको खुद नाफमा पनि सोही अनुसारको सुधार देखिएको हो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ८ लाख खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड १४ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २ करोड १० लाख बढेर ४ करोड २५ लाख पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। ७८ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा १ रुपैयाँ १८ पैसा बढेर ७ रुपैयाँ ७३ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ७३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १७.८६ गुणा कायम भएको छ।

पुस मसान्तसम्ममा बैंकको जगेडा कोषमा ९ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले २ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब ६५ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।