समस्याग्रस्त संस्थाबाट मुक्ति पाएको समृद्धि फाइनान्स खर्च नियन्त्रण गर्न नसक्दा घाटामा

Jan 29, 2020 11:06 AM Merolagani

गत साउन १५ गते समस्याग्रस्त संस्थाबाट फुकुवा भई कारोबारमा आएको समृद्धि फाइनान्स (SFCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार फाइनान्सले सो अवधिसम्ममा ८७ लाख ८६ हजार घाटा व्यहोरेको छ। खुद ब्याज आम्दानी घटेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपछि फाइनान्स घाटामा पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३२ लाख ६० हजार खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा फाइनान्सले १७ लाख ५३ हजार खुद ब्याज आम्दानी कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ लाख ४७ हजार रुपैयाँ कम हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ४६ लाख ५७ हजार रहेको फाइनान्सको सञ्चालन मुनाफा चालु आवको सोही अवधिमा ८७ लाख ८६ हजार ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा ३५ लाख ६४ हजार खुद सञ्चालन आम्दानी गरेको यस फाइनान्सको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपछि सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो। समीक्षा अवधिमा फाइनान्सको कर्मचारी खर्च ३५ लाख ५३ हजार बढेर ५६ लाख ७३ हजार पुगेको छ भने अन्य सञ्चालन खर्च १३ लाख ४८ हजार बढेर ६२ लाख ५ हजार पुगेको छ।

पुस मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी १८ करोड १९ लाख रहेको छ। त्यसैगरी, फाइनान्सको जगेडा कोषमा २२ करोड ९८ लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोष ३२ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। फाइनान्सको शेयर प्रिमियम १३ लाख ५९ हजार रहेको छ।

सो अवधिसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ९.६६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ४९.६३ रुपैयाँ रहेको छ। त्यस्तै फाइनान्सको वितरण योग्य मुनाफा ८७ लाख ८६ हजार ऋणात्मक रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।