यस्तै दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा ६१ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ सञ्चित रहेको छ।
कम्पनीको बिषयमा अनुसन्धान बिना नै भ्रमक समचार प्रकाशन भैरहेको भन्दै सरोकारवालाहरुलाई भ्रममा नपर्न आग्रह गरेको छ।
एलआईसी इण्डिया तथा एलआईसी नेपाल दुई छुट्टा छुट्टै कम्पनीहरु भएकोले सम्बन्धित मुलुकको ऐन नियम अनुसार सञ्चालित रहेको कम्पनीले जनाएको छ। त्यसैले, एलआईसी इण्डियाको कुनै पनि दायित्वले एलआईसी नेपाल माथि कुनै प्रकारको असर नगर्ने कम्पनीले स्पष्ट पारेको छ।
एलआईसी नेपालको स्थापना तत्कालिन कम्पनी ऐन, २०५३ अनुसार स्थापना भई बीमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरी कम्पनीले २०५८ भदौ १६ गते देखि आफ्नो व्यवसाय सञ्चालन गर्दै आईरहेको छ।
एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एलआईसी अफ इन्डिया) को ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताहरुको २० प्रतिशत शेयर लगानी रहेको छ।