कुमारी बैंकको ऋणपत्र सबै बिक्यो

Jan 29, 2020 03:05 PM merolagani

कुमारी बैंकले पुस १४ गतेदेखि बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सबै बिक्री भएको छ। बैंकका बजार प्रमुख रामचन्द्र खनालका अनुसार बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा मागभन्दा पनि बढी आवेदन परेको छ।

अन्य कतिपय वाणिज्य बैंकहरुले बिक्रीमा ल्याएको ऋणपत्र बिक्री नभइरहेको अवस्थामा कुमारी बैंकको भने सबै ऋणपत्र खरिदको लागि आवेदन परेको छ।

बैंकहरुले सर्वसाधरणमा बिक्री नभएको ऋणपत्र व्यक्तिगत तवरबाट समेत बिक्री गर्ने गरेका छन्। तर कुमारी बैंकको भने सर्वसाधारणबाटै सम्पुर्ण ऋणपत्र खरिदको लागि आवेदन परेको खनालले बताए।

बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्ने गरी ऋणपत्र निष्काशनमा तथा बिक्री खुला गरेको थियो। उक्त ऋणपत्र मंगलबारदेखि बिक्री बन्द भइसकेको छ।

तीन अर्बमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुला गरिएको थियो। बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गरिएको हो।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबिबिबि प्लस’ रेटिङ्ग प्रदान गरेको थियो। ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।