शिखर इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बोर्डकाे अनुमति

Jan 30, 2020 11:34 AM Merolagani

शिखर इन्स्योरेन्स (SICL) लाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन अनुमति दिएको हो।

इन्स्योरेन्सले माघ १४ गते १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।

बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्‍याइसकेका कम्पनीले व्यवसाय विस्तारको जोखिम बहन गर्ने क्षमताको बढाउन हकप्रद बिक्री गर्न लागेको जनाएको छ।

शिखर इन्स्योरेन्सले ठूला जोखिम तथा सम्पत्तीहरुको बीमा गर्दा कम्पनीको बहन क्षमता विकास गर्न नेटवर्थलाई थप वृद्धि गर्न आवश्यक भएका कारण चुक्ता पूँजी वृद्धि गर्नुपर्ने भएकोले हकप्रद निष्काशन गरी चुक्ता पूँजी बढाउन लागेको हो।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ।

यस्तै, उक्त हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३ (प्लस) रेटिङ्ग प्रदान गरेको छ। यसले हकप्रदमा लगानी गर्दा तुलनात्मक रुपमा सुरक्षित रहेको जनाउछ।

शिखर इन्स्योरेन्सको माघ १६ गते विहिबार दोस्रो बजारमा प्रतिकित्ता ११३७ रुपैयाँको हाराहारीमा शेयर कारोबार भइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।