कोरोना भाइरस विश्वव्यापी बन्दै, कुन देशमा कति सङ्क्रमित?

Jan 31, 2020 08:06 AM RSS

सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ। चीनसँगै करिब दुई दर्जन अन्य देशहरुमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको हो।

कोरोना भाइरसका कारण अहिलेसम्म १७० जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति सङ्क्रमित भएको पुष्टि भइसकेको छ। यो भाइरस चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सबैभन्दा पहिले देखिएको थियो।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म ७ हजार ७११ जनामा देखिएको पुष्टि भएको छ। चीन बाहेक मकाउ र हङ्कङमा धेरै व्यक्ति ९८० जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको बताइएको छ।

विश्वव्यापी बन्दै गएको कोरोना भाइरस फैलिएका मुलुकहरू र सङ्क्रमितहरूको सङ्ख्या तल उल्लेख गरिएको छ।

चीनः चीनमा बिहीबारसम्ममा झण्डै ७७ सय जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। उनीहरूमध्ये अधिकांश वुहान र त्यस आसपासका रहेका छन्। त्यसैगरी मृत्यु भएका १७० जनामध्ये पनि अधिकांश त्यही क्षेत्रका रहेका जनाइएको छ।

अष्ट्रेलियाः अष्ट्रेलियामा यस रोगका सात जना विरामी भेटिएका छन्। तीमध्ये सात जना चीनको वुहानबाट आएका हुन्। प्रभावितहरुको सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सबैभन्दा पछाडि भेटिएका ४४ बर्षीय विरामी वुहानबाटै आएको हो। उनको अवस्था स्थिर रहेको जनाइएको छ।

कम्बोडियाः कम्बोडियोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित विरामी सबैभन्दा पहिला गत सोमबार भेटिएको हो। उनी वुहानबाट आएका ६० बर्षीय पुरुष हुन्।

हङकङः हङकङमा अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ। ती मध्ये छ जना चिनियाँ सहर वुहानबाट हङकङ छिरेका थिए।

भारतः भारतको दक्षिणी क्षेत्रमा पर्ने केरलामा कोरोनाको पहिलो विरामी बिहीबार भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन्। ती व्यक्ति वुहान विश्वविद्यालयका विद्यार्थी हुन् भने उनलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ। अधिकारीहरुका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ र नजिकबाट नियालिएको छ।

जापानः जापानका स्वास्थ्य अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म ११ जना कोरोना भाइरसका विरामी दर्ता भएका छन्। तीमध्ये दुई जना मानिसबाट मानिसमा सरेर विरामी भएका हुन्। वुहानबाट पर्यटक लिएर आएको बसका चालक र पर्यटक पथप्रदर्शक पनि विरामी भएका छन्।

मकाउः मकाउ चिनियाँ पर्यटकहरुका लागि लोकप्रिय पर्यटकीय केन्द्र मानिन्छ। मंगलबारसम्म सात जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ।

मलेसियाः मलेसियामा बिहीबार थप एक जनागरी अहिलेसम्ममा कुल आठ जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ। उनीहरु सबै चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

नेपालः नेपालमा चीनको वुहानबाट आएका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ। उनलाई पर्याप्त परीक्षण र उपचार गरेर अस्पतालबाट फिर्ता पठाइएको छ।

फिलिपिन्सः फिलिपिन्समा बिहीबार नै यस रोग लागेका पहिलो विरामी भेटिएका छन्। ३८ वर्षीया ती महिला वुहानबाट आएकी हुन्। उनमा ठूलो समस्या भने नरहेको पाइएको छ। उनी जनवरी २१ मा फिलिपिन्स आएकी थिइन्। उनलाई चार दिनसम्म अस्पतालमा परीक्षण र उपचार गराइएको थियो।

सिंगापुरः चीनको छिमेकी मुलुक सिंगापुरमा अहिलेसम्म १० जना कोरोनाका विरामी रहेका छन्। उनीहरु सबै जना वुहानबाटै आएका व्यक्ति हुन्।

दक्षिण कोरियाः दक्षिण कोरियाका संचार माध्यमहरुले सम्प्रेषण गरेको विवरण अनुसार देशभर अहिलेसम्म चार जनामा यो रोगको सङ्क्रमण भएको अधिकारीहरुले पुष्टि गरेका छन्। तीमध्ये तीन जना पुरुष र एक जना महिला छन् भने उनीहरु सबैजना वुहानबाट आएका हुन्।

श्रीलङ्काः श्रीलङ्कामा गत सोमबार पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। ती व्यक्ति ४३ वर्षीय चिनियाँ पर्यटक हुन्। उनी चीनको हुबेई प्रान्तबाट श्रीलङ्का आएको अधिकारीहरुले जनाएका छन्।

ताइवानः ताइवानमा आठ जनामा यो रोग देखिएको छ। ती मध्ये दुई जना चिनियाँ महिला छन्। एउटा पर्यटकहरुको टोलीका साथ उनीहरु ताइवान आएका थिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।