बैंकले गत माघ १४ गतेदेखि एक हजार रुपैयाँ अंकित दरका ७ वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.३५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी सो बराबरको ऋणपत्र निष्काशनमा ल्याएको थियो।
२ अर्ब ५० करोड मध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ। बाँकी एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।
एनआईबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन गर्न पाउनेछन्।
ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलए’ रेटिङ्ग प्रदान गरेको छ। ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ।
ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।