स्वरोजगार लुघवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार

Jan 31, 2020 10:22 AM Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ।

पुस मसान्तसम्ममा लघुवित्तले ५ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३५.३२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खर्च नियन्त्रण गर्न लघुवित्त सफल भएपछि खुद नाफा पनि सोही दरमा बढेको हो। पुस मसान्तसम्ममा लघुवित्तले १३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.२० प्रतिशत बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १५५.६९ प्रतिशत बढेर ८ करोड २४ लाख रुपैयाँ पुगेको छ।

३४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ४० हजार रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १ अर्ब ५५ करोड निक्षेप र १ अर्ब ५५ करोड नै सापटीबाट ३ अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी पुस मसान्तमा ३२ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ २८ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २१.४५ गुणा रहेको छ।

सो अवधिसम्ममा लघुवित्तको निष्क्रिय कर्जा ०.८१ प्रतिशतबाट बढेर १.३२ प्रतिशत पुगेको छ। ६० लाख ५१ हजार रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले २ करोड १० लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।