फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा सुधार देखिएको हो।
यस अवधिमा फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २९.७१ प्रतिशतले धेरै हो। गत आवमा फाइनान्सले १२ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यसैगरी, सञ्चालन मुनाफा २१.१० प्रतिशतले बढेर १८ करोड ९२ लाख रुपैयाँ कायम भएको छ।
यस अवधिमा फाइनान्सले ६ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।
चुक्ता पूँजी ९१ करोड ७२ लाख रहेको फाइनान्सले जगेडा कोषमा ८.५९ प्रतिशतले सुधार गरेर २२ करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको छ। यसैगरी, फाइनान्सको शेयर प्रिमियम २१ करोड तथा रिटेन्ड अर्निङ ४ करोड ३९ लाख छ।
फाइनान्सको निष्क्रिय कर्जा अनुपात १.१६ प्रतिशत छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९ पैसा, पीई रेसियो ११.८५ गुणा छ।