एक्सेल डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

Feb 02, 2020 10:21 AM Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंकको माघ १८ गते बसेको २३१ औं बैठकले १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको १७.१० प्रतिशत अर्थात ११ करोड ८४ लाख रुपैयाँ बराबरको बाेनश र कर प्रयोजनको लागि ०.९० प्रतिशत अर्थात ६२ लाख ३४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ।

गत आर्थिक वर्ष बैंकले १७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।