एक वाणिज्य बैंकसहित ४ कम्पनीको डेढ करोड कित्ता बोनस सूचीकृत

Feb 02, 2020 04:05 PM Merolagani

सानिमा बैंक सहित ४ कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको १ करोड ५६ लाख ९१ हजार कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराएका छन्।

सानिमा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ८० लाख १ हजार २५५ कित्ता बोनस शेयर वितरण गरेको थियो। उक्त शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत गराएको हो।

त्यसैगरी गरिमा विकास बैंकले पनि शेयरधनीहरुलाई ४५ लाख ३ हजार २१४ कित्ता बोनस वितरण गर्ने निर्णय गरेको थियो। सो शेयर आइतबार सूचीकृत गराएको छ।

त्यस्तै समता माइक्रोफाइनान्सले वितरण गरेको १२ लाख १३ हजार ४४० कित्ता शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत गराएको छ भने मेरो माइक्रोफाइनान्सले १९ लाख ७३ हजार ४०० कित्ता बोनस शेयर कारोबारको लागी सूचीकृत गराएको छ।

सूचीकृत भएका उक्त शेयर लगानीकर्ताले आफ्नो खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।