बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष अवधि भएको वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी उक्त ऋणपत्र बिक्री गर्न लागेको हो।
बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र प्रतिकित्ता एक हजार रुपैयाँका दरले एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नेछ भने एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत गत तवरबाट बिक्री गर्ने भएको छ। जस मध्येमा ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र म्युचुअल फण्डका लागि छुट्याएको छ।
उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। सिआश्वा प्रणालीमा आवद्ध भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र कुमारी क्यापिटल मार्फत उक्त ऋणपत्रमा आवेदन गर्न सकिनेछ। यस ऋणपत्रमा छिटोमा फागुन २ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा सबै ऋणपत्र बिक्री नभए ढिलोमा फागुन २८ गतेसम्म बिक्री खुल्ला रहने छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एलएए’ रेटिङ्ग दिएको छ।