पुस मसान्तसम्ममा फाइनान्सले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९ लाख २ हजार कम हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा ४ अर्ब ३१ करोड निक्षेप सङ्कलन गरी ३ अर्ब २२ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको यस फाइनान्सले १२ करोड ५१ लाख ब्याज आम्दानी गरी ८ करोड ८ लाख रुपैयाँ ब्याज खर्च गरेको छ। सो अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी ९ करोड ३ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४८ लाख २९ हजार रुपैयाँ बढी हो। समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा १६ लाख ४१ हजार घटेर ५ करोड ५२ लाख पुगेको छ।
फाइनान्सको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्चहरु बढेका कारण सञ्चालन मुनाफा घटेको हो। समीक्षा अवधिमा फाइनान्सको कर्मचारी खर्च ९५ लाख ४० हजार बढेको छ भने अन्य सञ्चालन खर्च ४३ लाख बढेको छ।
८० करोड चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १८ करोड ५० लाख रुपैयाँ, शेयरधनी कोषमा ३ करोड ३४ लाख रुपैयाँ र शेयर प्रिमियममा ३५ लाख रुपैयाँ रहेको छ।
सो अवधिमा फाइनान्सको jप्रतिशेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८२ गुणा कायम रहेको छ।