सुनको मूल्य ओरालो लाग्योे, चाँदी पनि घट्ने क्रममा

Feb 04, 2020 12:00 PM Merolagani

मंगलबार सुनको मूल्य ओरालो लागेको छ। साताको पहिलो र दोश्रो दिन माघयताकै उच्च रहेको सुनको मूल्य मंगलबार भने तोलामा ५०० रुपैयाँले घटेको हो।

आइतबार र सोमबार छापावाला सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी चाँदीको मूल्य पनि ओरालो लाग्ने क्रममा रहेको छ। यसदिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँ कायम रहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।