मर्जर प्रक्रियामा रहेको आँधिखोलाको अधिकांश सूचकमा सुधार

Feb 05, 2020 09:29 AM Merolagani

मर्जर प्रक्रियामा रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अधिकांश सूचकमा सुधार गरेको वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तले ८८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४३ लाख ८ हजार बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ४५ लाख ५८ हजार नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा २६ करोड ५८ लाख निक्षेप र ४१ करोड ८८ लाख रुपैयाँ सापटीबाट ७० करोड कर्जा प्रवाह गरेको यस लघुवित्तले ३ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ६८ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७५ लाख ७७ हजार रुपैयाँ बढेर १ करोड ४० लाख पुगेको छ।

गत असारमा आईपीओ निष्काशन गरी चुक्ता पूँजी १० करोड पुर्‍याएको यस लघुवित्तको जगेडा कोषमा २ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २६.२३ गुणा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा कायम भएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.४३ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.६२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ९१ लाख ६८ हजार रुपैयाँ छुट्याएको छ।

लघुवित्तले गत पुस २ गते धौलागिरी लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने सम्झौता गरेको थियो। स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त र बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त आपसमा गाभिएपश्चात बन्ने नयाँ संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्त रहने छ भने चुक्ता पुँजी १७ करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।