एभरेष्ट ,नबिल र सेन्चुरी बैंकमा जागिर खुल्याे

Feb 05, 2020 01:11 PM Merolagani

एभरेष्ट बैंक,नबिल बैंक र सेन्चुरी बैंकमा जागिर खुलेकाे छ । तीन बैंकले ठूलाे संख्यामा कर्मचारीको माग गरेका छन् ।

नबिल बैंकले ५० जना सहायक प्रशिक्षार्थीको माग गरेको छ । स्नातक तह उत्तीर्ण २५ वर्ष मुनिका नेपाली नगारिकले उक्त पदकालागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिती फागुन ७ गते रहेको बैंकले जनाएको छ । बैंकको www.growthsellers.com/jobdetail/trainee-assistant वेबसाइटमा गएर आवेदन दिन सकिनेछ ।

यसैगरी एभरेष्ट बैंकले टेलर पदका लागि कर्मचारीको माग गरेको छ । २८ वर्ष नकटेका र प्लस टु उत्तीर्ण गरेकाले उक्त पदका लागि आवेदन दिन पाउने छन् । बिराटनगर,नारायणगढ, बुटवल , नेपालगंज र धनगढीका लागि कर्मचारीको माग गरिएको हो । योग्यता पुगेका नागरिकले फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् । बैंकको www.jobjee.com/ebl/teller वेबसाइटमा दरखास्त फारम भर्न सकिनेछ ।

त्यसैगरी सेन्चुरी बैंकले पनि केही कर्मचारीको दरखास्तका लागि आह्वान गरेको छ । बैंकले वरिष्ठ सहायक, सुपरभाइजर,सहायक अधिकृत,अधिकृत, वरिष्ठ अधिकृत , सहायक व्यवस्थापक र डेपुटी म्यानेजरकालागि दरखास्त आह्वान गरेको हो । डेपुटी म्यानेजर धनगढी कालागि माग गरिएको हो । त्यसैगरी पोखरा,बिराटनगर,बीरगंज, काठमाडौं र भैरहवाकालागि सहायक व्यवस्थापकको माग गरिएको छ । भोजपुर,सुर्खेत,नारायणगढ , बिर्तामोड, धनगढी, मुस्तांग , डिक्टेल , कोहलपुर , लेटे , ओखलढुंगा , खाँदबारी,इलाम ,घोराही लगायतका स्थानका लागि पनि विभिन्न पदका लागि आवेदन खुलाइएको हो । आवेदनका लागि अन्तिम मिति माघ २८ गते रहेको छ । दरखास्त www.rollingnexus.com/centurybank मा गएर दिन सकिनेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।