सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो

Feb 07, 2020 12:38 PM Merolagani

माघ २४ गते शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ महँगिएको छ। बिहीबार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन ४०० रुपैयाँ बढेर ७५ हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य स्थीर रहेको थियो।

गत माघ १६ गते सुनको मूल्य यस महिनाकै उच्च विन्दुमा पुगेको थियो। सो दिन छापावाल सुन प्रतितोला ७६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा वृद्धिभएसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।