प्रभु इन्स्योरेन्सको लाभांश पारित

Feb 07, 2020 06:07 PM Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) को प्रस्तावित लाभांश पारित भएको छ । इन्स्योरेन्सको माघ २४ गते शुक्रबार सम्पन्न २४ औँ वार्षिक साधारण सभाले १६.३२ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक प्रतिवेदन पारित गरी कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर तथा कर सहित ११.३२ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।

साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पूँजी बृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको जानकारी गराए । ग्राहकहरुलाई आवश्यक सेवाहरु छिटो छरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको नीति अनुरुप बीमा क्षेत्रमा टेवा पुर्याउन कम्पनी प्रतिवद्ध रहेको बताए ।

 

वार्षिक साधारण सभामा शेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै कम्पनीले पूँजी बृद्धिको अनुपातमा १६.३२ प्रतिशत लाभांश बितरण गर्नसक्नु गौरवको कुरा रहेको बताउदै कम्पनीको प्रगति अत्यन्त सन्तोषजनक रहेको र आगामी दिनमा अझ राम्रो गर्दै जान सुझाव दिए ।

बोनस शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूजी १ अर्व ५ करोड ६२ लाख ७५ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।