चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ करोड २० लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।
ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढ्दा बैंकको नाफामा दबाब परेको हो।
१ खर्ब ४ अर्ब ६४ करोड निक्षेप सङ्कलन गरी ९४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले पुस मसान्तसम्ममा ५ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरी ३ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ ब्याज खर्च गरेको छ। बैंकको ब्याज आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५ करोड ४२ लाख रुपैयाँ बढी हो भने ब्याज खर्च ४४ करोड ८ लाख रुपैयाँ बढी हो।
ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेपछि बैंकको खुद ब्याज आम्दानी घटेका छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ६६ लाख रुपैयाँ घटेर २ अर्ब १० करोड १७ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १ करोड ५४ लाख रुपैयाँ घटेर १ अर्ब ४१ करोड ३४ लाखमा झरेको छ।
८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १० करोड ५१ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ६७ करोड ४३ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा ७३ करोड ६६ लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको यस बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६९ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५२ पैसा कम हो।
सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रपैयाँ ४० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.८४ गुणा रहेको छ। बैंकको आधार दर ९.९४, स्प्रेड दर ५.२२ र कोषको लागत ७.०९ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.१९ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ०.१७ प्रतिशतमा झरेको छ।