नेप्सेको दैनिक औषत कारोबार रकम १ अर्ब ४८ करोड

Feb 09, 2020 09:09 AM Merolagani

गत साता नेप्सेको दैनिक औषत कारोबार रकम १ अर्ब ४८ करोड पुगेको छ। यो अघिल्लो साताको तुलनामा १७ करोड बढी हो। अघिल्लो साता दैनिक औषत १ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

पछिल्लो समयमा नेप्सेले गति लिएसँगै दैनिक औषत कारोबार रकममा सुधार हुँदै गएको छ। अन्य क्षेत्रमा आएको मन्दी र शेयरबजारमा बुल ट्र्ण्डको शुरुवातका कारण अन्य क्षेत्रका लगानीकर्ताहरु पनि शेयर बजारमा प्रवेश गरिरहेका छन्। यसले गर्दा दैनिक कारोबार रकममा वृद्धि भइरहेको छ।

पछिल्लो २० दिनको नेप्सेको औषत कारोबार रकम १ अर्ब ४१ करोड रहेको छ। कारोबार रकममा भएको वृद्धिले शेयर बजारमा उत्साह छाएको प्रष्ट देख्न सकिन्छ।

‘फियर एण्ड ग्रीड मिटर’ मा नेप्से अहिले ‘ग्रीड’ जोनमा रहेको छ। यसले लगानीकर्ताहरु बजार बढ्ने अपेक्षामा शेयर खरिदबिक्री गरिरहेको सङ्केत गर्दछ।

अहिले सूचीकृत कम्पनीहरुले दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिरहेका छन्। कम्पनीहरुले प्रकाशित गरेको नाफामूलक वित्तीय विवरणले पनि दोस्रो बजारमा सकारात्मक प्रभाव पारिरहेको छ। कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण नै लगानीको रणनीति बनाउने प्रमुख आधार हो।

गत साता नेप्से ८.३१ अंक बढेर १ हजार ३३३.६९ विन्दुमा बन्द भएको थियो। सो दिन बनेको रातो मैनबत्ती अनुसार नेप्सेले यस साता १ हजार ३४० विन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ। नेप्सेले गत साता पनि सो प्रतिरोध विन्दु परीक्ष्ण गरेको थियो। यस साता नेप्से ओरालो लागेमा भने १ हजार ३०० विन्दुमा टेवा पाउने देखिन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।