ग्रामीण विकास लघुवित्तद्वारा विद्यालयलाई पानी प्रशोधन उपकरण हस्तान्तरण

Feb 09, 2020 06:17 PM Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) ले सैनामैना माध्यमिक विद्यालयलमा फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको पानी प्रशोधन उपकरण जडान गरी हस्तान्तरण गरेको छ । लघुवित्तले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहा नगरपालिकामा पर्ने उक्त विद्यालयलाई सहयोग गरेको हो ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्याल र प्राचार्य नेत्रलाल पुरीलाई विद्यालयमा आयोजित एक कार्यक्रकमा सो पानी प्रशोधन उपकरण हस्तान्तरण गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत कार्कीले त्यस सामुदायिक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न पानी प्रशोधन उपकरण जडान गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

राष्ट्रिय स्तरमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य सामाजिक क्षेत्रमा कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।