डिप्रोक्सको अधिकांश सूचकमा सुधार

Feb 10, 2020 09:33 AM Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार भएको छ।

सो अवधिसम्ममा लघुवित्तले २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.२० प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४४.८५ प्रतिशत बढेर ५४ करोड २९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २३.११ प्रतिशत बढेर २९ करोड ६२ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको निष्क्रिय कर्जा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा अधिक रकम छुट्याउनु परेका कारण खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर साँघुरिएको हो।

पुस मसान्तसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा १४ करोड ४१ लाख रुपैयाँ छुट्याएको छ भने १० करोड २९ लाख रुपैयाँ खराब कर्जा सङ्कलन गर्न सफल भएको छ।

१ अर्ब ५४ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस लघुवित्तको जगेडा कोषमा ८० करोड ८९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ १२ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात २०.९५ गुणा रहेको छ।

७१ वटा जिल्लाहरुमा ११९ शाखा कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको राष्ट्रियस्तरको यस लघुवित्तले दोस्रो त्रैमासको अन्त्यसम्ममा ७ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ सापटी तथा ४ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १२ अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। सो अवधिसम्ममा लघुवित्तको निष्क्रिया कर्जा १.७३ प्रतिशत रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८४ प्रतिशतविन्दु बढी हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।