एनसीसी बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

Feb 10, 2020 10:41 AM Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउन अनुमति मागेको हो। कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्नेछ।

ऋणपत्र निष्काशन गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंकले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेगरी वार्षिक साढे १० प्रतिशत ब्याजदरमा “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्काशन गर्न लागेको हो।

बोर्डबाट अनुमति पाएपछि बैंकले उक्त ऋणपत्र बिक्रीमा ल्याउनेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।