गत सातासम्म दैनिक १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको बजारमा आइतबारदेखि नै कारोबार रकम केहि घटेको देखिएको छ।
यस दिन १७५ वटा कम्पनीको २३ लाख ६० हजार कित्ता शेयर १० हजार ९७९ पटक ९३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो दिन आइतबार ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम २ करोड रुपैयाँले घटेको छ।
यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ४ वटा उपसमूहका सूचक सकारात्मक देखिएका छन् भने बाँकी ८ वटा उपसमूहका सूचक सकारात्मक देखिएका छन्।
सोमबार शिवम सिमेन्ट्सको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। यस दिन शिवमको मात्रै १३ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नागरिक लगानी कोषको ४ करोड २७ लाख, एनआइसी एशियाको ३ करोड ५५ लाख, नेको इन्स्योरेन्सको २ करोड ७१ लाख, नेपाल इन्स्योरेन्सको २ करोड २९ लाख र सुर्या लाइफ इन्स्योरेन्सको २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन सिभिल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ भने एनएलजि इन्स्योरेन्सको ६.०८ प्रतिशत, रैराङ हाइड्रोपावरको ५.०५ प्रतिशत र सामुदायिक लघुवित्तको ४ प्रतिशतले बढेको छ।
यता एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य सबैभन्दा धेरै ७.३६ प्रतिशतले घटेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ६.३९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.१७ प्रतिशत, जोशी हाइड्रोपावरको ४.७६ प्रतिशत र गुडविल फाइनान्सको ३.३१ प्रतिशतले घटेको छ।
यस दिन नेप्से सूचक ४.२८ अंकले बढेर १३२४.२६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ०.५७ अंकले बढेर २८१.६२ विन्दुमा कायम रहेको छ।