स्ट्याण्डर्ड चार्टर्डको अधिकांश सूचकमा सामान्य सुधार

Feb 11, 2020 07:34 AM Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकमा सामान्य सुधार भएको छ।

सो अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड १५ लाख रुपैयाँ अर्थात ७.१२ प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सोही दरमा बढेको हो।

पुस मसान्तसम्ममा ८० अर्ब ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५४ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ करोड ५१ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११ करोड ६५ लाख रुपैयाँ बढेर १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २३ करोड २२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ६३ पैसा कायम भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ४ पैसा बढी हो। चुक्ता पूँजी स्थीर रही खुद नाफामा सामान्य सुधार भएका कारण बैंकको प्रतिशेयर आम्दानी बढ्न पुगेको हो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ३ करोड ७ लाख रुपैयाँ वितरण योग्य नाफा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात १९.१३ गुणा कायम भएको छ।

सो अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.१७ प्रतिशत रहेको छ भने आधार दर ७.३३ प्रतिशत र स्प्रेड दर ५.९३ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको कोषको लागत ४.७७ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।