साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत गर्ने, र वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले माघ २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५ करोड १४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।