कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री मार्फतको आम्दानी घटेसँगै नाफामा गिरावट देखिएको हो ।
यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत १२ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३ लाख ४ हजार रुपैयाँले कम हो । गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्री मार्फत १२ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २२ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ १४ पैसा, प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ २९ पैसा रहेको छ ।